ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरामा १६ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

बिहिबार ०१, फागुन २०८१ १०:५१

धनगढी । बाजुरामा एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया बालिकामाथि तीन जनाले सामूहिक बलात्कार गरेको आरोपमा उजुरी परेको हो । 

माघ २१ गते साँझ घरनजिकै सडकमा हिँड्दै गरेकी बालिकालाई जबरजस्ती गरेर तीन जनाले सामूहिक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । 

पीडित पक्षले घटना भएको चार दिनपछि माघ २५ गते तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका छन् । बलात्कारको आरोपमा बुढीगंगा नगरपालिका ६ बस्ने २५ वर्षका मार्सल थापा, २३ वर्षका किरण थापा र ४० वर्षका दीर्घ थापाविरुद्ध जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आरोपित तीनै जना अहिले फरार रहेका छन् । 

प्रतिक्रिया