धनगढी । सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ र गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टबिच सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयमा भेटवार्ता भएको हो ।
भेटमा उनीहरूबीच संविधानले दिएको अधिकारमा रहेर अन्तरप्रदेश समन्वय गर्ने, असल र राम्रा कामको अनुसरण गर्ने लगायतका विषयमा कुराकानी भएको थियो । प्रदेश प्रमुख कार्यालयमा स्वागत गर्दै सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले मायाको चिनो प्रदान गरेका थिए ।
गण्डकी प्रदेश प्रमुख भट्टको गृह प्रदेश सुदूरपश्चिम हो ।
प्रतिक्रिया