ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पञ्चेश्वर परियोजना अगाडि बढाउन भारत सकारात्मक

बिहिबार ०१, फागुन २०८१ ०२:२९

धनगढी । पञ्चेश्वरको परियोजना अगाडि बढाउन भारत सकारात्मक देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतीय समकक्षी जलशक्तिमन्त्री सीआर पाटिलबीच पञ्चेश्वर परियोजना अगाडि बढाउने विषयमा वार्ता भएको हो । 

भारत नयाँदिल्ली पुगेका मन्त्री खड्काले बिहीबार पाटिलसँग भेट गर्दै पञ्चेश्वर परियोजना अगाडि बढाउने विषयमा छलफल गरेका हुन् ।

भेटमा पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको डीपीआर चाँडो फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको बताइएको छ । यस्तै टनकपुरदेखि नेपाल–भारत सीमासम्मको लिंक नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधिलाई चाँडै अन्तिम रूप दिई महाकाली सन्धि अनुसार पानी छाड्ने सहमति भएको छ । 

यस्तै बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको १४औं बैठक आगामी २२ देखि २४ मार्चसम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति पनि भएको छ ।
 

प्रतिक्रिया