ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गोपाल हमालले भने– अब व्यापारमा फर्किन्न, जनताकै काम गर्छु

बिहिबार ०१, फागुन २०८१ ०३:०९

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अब व्यवसायमा नफर्किने बताएका छन् । अबको बाँकी जीवन जनताको सेवामा समर्पित गर्ने उनले बताएका हुन् । 

‘अब व्यापारामा फर्किन्न, पहिले पाँच वर्षलाई विराम लगाएको थिए भने अब पूर्णविराम नै लगाए,’ हिमालय टेलिभिजनको अन्तर्वार्ता कार्यक्रममा हमालले भने, ‘अब आफ्नो काम नगर्ने । जनताकै काम गर्ने हो । बाँकी जीवन समाजलाई नै दिने हो ।’

मेयर हमालले मस्तिष्कघात भएपछि सृजित परिस्थितिअनुसार व्यापारमा नफर्किने सोच बनाएको बताए । ‘म त पाँच वर्ष काम गर्ने र त्यसपछि व्यापारमा फर्किने योजनाअनुसार आएको थिए,’ मेयर हमालले भने, ‘तर अब व्यापारमा त फर्किदैन । समाजमा कुन रुपमा हुन्छु त्यो समय परिस्थितिले निर्धारण गर्ला । जे गर्छु जनताकै लागि गर्छु । आफ्नो लागि गर्दैन । आफ्ना लागि त पद पनि चाहिएको छैन ।’

मेयरकै रुपमा नविकरण हुने वा माथिल्लो तहमा जाने भन्ने प्रस्तोताको प्रश्नमा हमालले भने, ‘मैले राजनीतिलाई निरन्तरता दिन्छु भनेर कबोल गरेको होइन । जे गर्छु जनताकै लागि गर्छु भनेको हुँ ।’ मेयर हमालले आफ्नो पहिलेदेखि नै सुदूरपश्चिमलाई बनाउने सपना रहेको बताउँदै प्राथमिकतामा धनगढी परेको बताए । 

प्रतिक्रिया