ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछामको बयलपाटा अस्पतालबारे संसद्‍मा ध्यानाकर्षण प्रस्ताव दर्ता

बिहिबार ०१, फागुन २०८१ ०४:५८

काठमाडौं । अछामको बयलपाटा अस्पतालको सेवा निरन्तरता माग्दै संसद्‍मा ध्यानाकर्षण प्रस्ताव दर्ता भएको छ । अछामबाट संघीय संसद्‍मा प्रतिनिधित्वि गर्ने प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले ध्यानाकर्षण प्रस्ताव लगेका हुन् ।

जिल्लाको साँफेबर नगरपालिका–७ स्थित बयलगडमा रहेको उक्त अस्पताल २०६५ सालदेखि नेपाल सरकार स्वास्थ्य तथा जनसंंख्या मन्त्रालय र पोसिबल हेल्थ अमेरिकाको न्याय हेल्थ नामक गैरसरकारी संस्थाबीच सम्झौतामा अस्पताल सञ्चालन हुँदै आएको छ । तर, पछिल्लो समय नेपाल सरकारले अनुदान नदिँदा समस्या भएको ध्यानाकषण पत्रमा उल्लेख छ ।

‘१५ वर्षदेखि अनवनत रुपमा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही जिल्लाका विपन्न र पछाडि परेका नागरिकले सेवा पाउँदै आएकोमा विगत दुई वर्षदेखि नेपाल सरकार र प्रदेश सरकारबाट अनुदान अभावका कारण सेवा लिंदै आएका जनताहरू उक्त अस्पतालको सेवाबाट बन्चित हुने अवस्था आएकाले उक्त अस्पतालको सेवा निरन्तरताका लागि यो ध्यानाकर्षण प्रस्ताव गरिएको छ’ पत्रमा उल्लेख छ ।

ध्यानाकर्षण प्रस्तावमा सांसदद्धय दयालबहादुर शाही र पुष्पबहादुर शाहले हस्ताक्षर गरेका छन् । उनीहरूले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको स्पष्टीकरण माग गरेका छन् ।
 

प्रतिक्रिया