ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीको वायु प्रदूषण उच्च, सावधानी अपनाउन आग्रह

शुक्रबार ०२, फागुन २०८१ ०८:०८

धनगढी । सुदूरपश्चिमको राजधानी धनगढीमा वायु प्रदूषण उच्च देखिएको छ । पोखरा नेपालकै सबैभन्दा बढी प्रदूषित सहर रहेकोमा धनगढी आठौ स्थानमा छ । 

धनगढी क्षेत्रको एक्यूआई १६७ मापन गरिएको छ । ५० एक्यूआईभन्दा माथि प्रदूषण सूचकांक कटेमा उक्त वायुलाई अस्वस्थ मानिन्छ । वातावरण विभागका अनुसार ५० एक्यूआईसम्मको सूचकांक मात्रै राम्रो मानिन्छ । ५१–१०० मध्यम, १०१–१५० हुँदा अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ र ३०१ एक्यूआई भएमा खतरनाक तहमा पुगेको मानिन्छ ।

मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले सुरक्षा अपनाउन वातावरण विभागले सूचनामार्फत जानकारी दिएको छ । वायू प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेष गरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवती महिलाहरुलाई बढी प्रभाव पार्ने भएकाले यस्तोबेला विशेष सावधानी अपनाउन विभागले सूचना जारी गर्दै अनुरोध गरेको छ । 

यस्तै, वन तथा वातावरण मन्त्रालय, वातवारण विभाग अन्तर्गतको वायु गुणस्तर निगरानीले शुक्रबार बिहान पौने ६ बजेसम्म पोखराको वायु प्रदूषण २०३ एक्यूआई मापन गरेको हो ।

विभागको तथ्यांकअनुसार यो पोखराका लागि पछिल्लो ३ दिनयताकै सबैभन्दा खराब सूचकांक हो । 

प्रतिक्रिया