धनगढी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा कैलालीमा धनगढी उपमहानगरपालिका पहिलो भएको छ । जिल्लाका १३ स्थानीय तहमा आर्थिक वर्ष २०८०र०८१ को मूल्यांकन गर्दा धनगढी उपमहानगरपालिकाले ६३ दशमलव ३ अंक प्राप्त गर्दै पहिलो भएको हो ।
त्यसैगरी जानकी गाउँपालिका ६३ दशमलव १ अंकसहित दोस्रो भएको छ । बर्दगोरिया गाउँपालिका ६२ दशमलव ७ अंकसहित तेस्रो स्थानमा रहेको छ भने घोडाघोडी नगरपालिका ६२ दशमलव ७ अंकसहित चौथो स्थानमा रहेको छ ।
त्यसैगरी पाँचौँ स्थानमा रहेको गोदावरी नगरपालिकाले ५८ दशमलव ७ अंक ल्याएको छ भने छैटौँ स्थानमा ५४ दशमलव ६ अंकसहित कैलारी गाउँपालिका रहेको छ ।
उता टीकापुर नगरपालिका ५२ दशमलव ७ अंकसहित सातौँ, जोशीपुर गाउँपालिका ५० दशमलव ४ अंकसहित आठौँ, गौरीगंगा नगरपालिका ४७ दशमलव १ अंकसहित नवौँ र भजनी नगरपालिका ४७ दशमलव १ अंकसहित दशौँ स्थानमा रहेको छ ।
लम्की चुहा नगरपालिका, मोहन्याल गाउँपालिका, चुरे गाउँपालिकाले क्रमशः ४४ दशमलव ४, ४० दशमलव ५, र ३९ दशमलव २ अंक प्राप्त गर्दै सूचीको अन्तिम तीन स्थानमा रहेका छन् ।
आयोगले प्राप्त अंकमा चित्त नबुझे सात दिनभित्र आवश्यक आधार र प्रमाण सहित पुनरावलोकनका लागि उजुरी दिन भनेको छ ।
प्रतिक्रिया