ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा साढे चार किलो चरेससहित दुई जना पक्राउ

शुक्रबार ०२, फागुन २०८१ ०५:२६

धनगढी । कैलालीमा साढे चार किलो चरेससहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–८ चमारीपुर बस्ने ५३ वर्षीया बेलमती बोहरा र बझाङको केदारस्यु गाउँपालिका–७ भान्चौरका ४६ वर्षीय घोडे धामी रहेका छन् । 

उनकाअनुसार बोहरालाई बडैपुर र धामीलाई अत्तरियाबाट पक्राउ गरिएको हो । बोहराले बडैपुरमा सञ्चालन गरेको नास्ता पसलबाट एक किलो ६६५ ग्राम चरेस बरामद गरिएको छ । 

यस्तै, बझाङका धामीलाई गोदावरी नगरपालिका–३ को चौकिडाँडाबाट पक्राउ गरिएको हो । धामीलाई दुई किलो आठ सय ६० ग्राम चरेससहित पक्राउ गरिएको कैलालीकी डीएसपी कबिन्द्र बोहराले बताए ।

प्रतिक्रिया