ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा महिलाको हत्या : आरोपित श्रीमान पक्राउ

आइतबार २४, फागुन २०८२ १०:१३

धनगढी । कैलालीको धनगढीमा श्रीमतीको हत्या आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

धनगढी उपमहानगरपालिका–७ को देवहरियामा ३० वर्षीय सरस्वती अवस्थी जोशीको हत्या आरोपमा उनका श्रीमान डम्मरराज जोशीलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार जोशीलाई बाँकेको राप्ती सोनारी गाउँपालिकाकाे शमसेरगंज चौकीले पक्राउ गरेको हो । उनको मानसिक सन्तुलन ठिक नभएको बताइएको छ । 

सरस्वतीको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया