ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा महिलाको हत्या, आरोपित श्रीमान फरार

आइतबार २४, फागुन २०८२ ०८:३७

धनगढी । कैलालीको धनगढीमा एक महिलाको हत्या भएको छ । धनगढी उपमहानगरपालिका-७ काे देवहरियामा ३० वर्षीय सरस्वती अवस्थी जाेशीकाे हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार जाेशीकाे उनकै श्रीमान डम्मरराज जाेशीले हत्या गरेकाे खुलेकाे छ । टाउकोमा धारिलाे हतियार प्रहार गरेर हत्या भएको डीएसपी तिमिल्सिनाले बताए ।

हत्यापछि फरार जाेशीकाे भने खाेजी भइरहेको उनले बताए । मृतकको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया