ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

महाकुम्भ गइरहेको गाडी दुर्घटना, १० जनाको मृत्यु

शनिबार ०३, फागुन २०८१ १२:१०

एजेन्सी । भारत उत्तर प्रदेशको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा स्नान गर्न जाँदै गरेका भक्तजन सवार गाडी दुर्घटना भएको छ । प्रयागराज–मिर्जापुर राजमार्गको मेजा क्षेत्रमा बस र जिप ठोक्किएर दुर्घटना भएको हो । 

शनिबार बिहान करिब २ बजे भएको दुर्घटनामा महाकुम्भ मेला जाँदै गरेका १० जनाको मृत्यु भएको छ भने १९ जना भक्तजन घाइते भएका छन् । प्रहरीका अनुसार छत्तीसगढको कोरबा जिल्लाका भक्तजनहरू संगममा स्नान गर्न आउँदै थिए । यसै क्रममा दुर्घटना भएको थियो । घाइतेहरूलाई तत्काल उपचारको लागि स्थानीय अस्पताल पठाइएको छ । गम्भीर घाइतेहरूलाई जिल्ला अस्पताल पठाइएको छ । 

मृत्यु हुने सबै जिपका यात्रु रहेका प्रहरीको भनाइ छ । घाइते सबै बसमा रहेका यात्रु हुन् । बसमा यात्रा गर्ने भक्तजन मध्य प्रदेशको राजगढ जिल्लाका हुन् । दुर्घटनाको मुख्य कारण तीव्र गति हुनसक्ने अनुमान छ ।

प्रतिक्रिया