धनगढी । सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत चार विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनीहरुलाई सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी केन्द्रका अक्कलबहादुर रावल, सामाजिक विकास समितिमा एमालेका धर्मराज पाठक, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र विशेषाधिकार समितिको सभापतिमा नेपाली कांग्रेसकी तुलसी देवकोटा सर्वसम्मत चयन भएका थिए ।
प्रदेशसभामा यसअघि चार वटा मात्र विषयगत समिति थिए । तर भागबन्डा मिलाउन विशेषाधिकार समिति थप गरिएको थियो । यसअघि निर्वाचित सभापतिहरु मन्त्री बनेपछि लामोसयमदेखि तीन विषयगत समिति सभापतिविहीन थिए ।
विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली कांग्रेसका दिवानसिंह विष्ट, यसअघि सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकास समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका माया पन्त निर्वाचित भएकी थिए । बिष्टबाहेक अन्य तीन समितिका सभापति विभिन्न समयमा मन्त्री हुँदा उक्त पद रिक्त भएको थियो ।
प्रतिक्रिया