ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा ७ फागुनदेखि राष्ट्रिय फुटबल प्रतियोगिता, विजेतालाई पाँच लाख

आइतबार ०४, फागुन २०८१ ०४:४१

धनगढी । कैलालीमा फागुन ७ गतेदेखि जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को सहयोगमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता आयोजना हुने भएको हो । आयोजकले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

प्रतियोगिताको विजेताले पाँच लाख नगदसहित ट्रफी पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार नगदसहित ट्रफी पाउनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षकले १५ हजार, उत्कृष्ट रक्षकले १५ हजार, उत्कृष्ट फरवार्डले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार, उदयमान खेलाडीले १५ हजार र फेयर प्ले टिमलाई १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद पाँच हजारसहित ट्रफी दिइने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सात वटा प्रदेशका टिमहरुको सहभागीता रहनेछ । प्रदेश फुटबल संघको सहकार्यमा प्रदेशको टिम अथवा प्रदेशको क्लबको सहभागीता रहने बताइएको छ । 

१४ गतेसम्म सञ्चालन हुने प्रतियोगिता àसमृद्धिको आधार फुटबलको पूर्वाधार’ भन्ने मूल नाराका साथ सुदूरपश्चिम प्रदेशका राष्ट्रिय विभूतिको नाममा सञ्चालन गर्न लागिएको आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । गौरीगंगा–११ क्लबले आयोजना गर्न लागेको यो प्रतियोगिता पाँचौं संस्करण हो । 

प्रतियोगिताले मध्यवर्ती क्षेत्रमा खेलकुद क्षेत्रमा विकास पुग्ने र फुटबल खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने एउटा मञ्च प्राप्त गर्ने सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले जानकारी दिए । गौरीगंगा नगरपालिका–८ मा रहेको गौरीगंगा–११ स्पोर्टस क्लबको खेलमैदानमा प्रतियोगिताका खेलहरू सञ्चालन हुनेछन् । प्रतियोगिताका लागि खेल मैदान व्यवस्थित गर्ने काम सम्पन्न भएको छ ।

प्रतिक्रिया