ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

'विशिष्ट विशेषज्ञ’ अस्पतालमै छैनन् दरबन्दीका विशेषज्ञ चिकित्सक

सोमबार ०५, फागुन २०८१ ११:३६

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक नै छैनन् । सङ्घीय सरकार मातहतको सुदूरपश्चिम प्रदेशको एक मात्रै ‘विशिष्ट विशेषज्ञ’ सेवासहितको सो अस्पतालमा करार कर्मचारीको भने घुँइचो छ । 

अस्पतालका सूचना अधिकारी टङ्कप्रसाद पन्तले अस्पतालका कुल २७६ जना कर्मचारीमा स्थायी कर्मचारी ८६ जना र करार कर्मचारी १९० जना रहेको बताए । अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले दरबन्दी अनुसार १९ जना विशेषज्ञ चिकित्सक हुनुपर्ने बताए । तर, अस्पतालमा कार्यरत ११ जना विषेशज्ञ चिकित्सकमध्ये चार जना मात्र स्थायी दरबन्दीका रहेका पाइएको छ । 

यस्तै मेडिकल अधिकृत ३२ जनामध्ये ११ जना मात्रै स्थायी छन् भने स्टाफ नर्स ५७ जनामा ३७ जना स्थायी छन् । यी दुई पदमा बाँकी सबै करारमा कार्यरत छन् । दरबन्दी अनुसार कर्मचारी नहुनुमा राजनीतिक दलको पहुँच मन्त्रालय र माथिल्लो तहसम्म नपुग्ने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले बताए । उनी गत माघ २८ गते डडेल्धुरा आएका थिए । 


 

प्रतिक्रिया