काठमाडौँ । मङ्गलबार सुनको मूल्य तोलामा सात सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य तोलामा एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी हिजोजस्तै तोलामा एक हजार ९७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया