धनगढी । कैलालीको धनगढीमा कैलाली प्रिमियम लिग सुरु हुँदैछ । कैलाली जिल्ला क्रिकेट सङ्घको आयोजनामा बुधवारदेखि तेस्रो संस्करणको प्रतियोगिता सुरु हुन लागेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा सुरु हुन लागेको उक्त प्रतियोगितामा कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र बाजुराका स्थानीय तहबाट १२ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेतालाई नगद दुई लाख र उपविजेतालाई एक लाख नगदसहित ट्रफी प्रदान गरिने लाली जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विक्रम बिष्टले जानकारी दिए । उनका अनुसार प्लेयर अफ द सिरिजलाई २५ हजार, वेष्ट ब्याट्सम्यानलाई १५ हजार, उदयमान खेलाडीलाई १० हजार, प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई दुई हजार पाँच सय प्रदान गरिने छ ।
प्रतिक्रिया