ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आजदेखि च्याम्पियन्स ट्रफी

बुधबार ०७, फागुन २०८१ ११:२१

आईसीसी च्याम्पियन्स ट्रफी आजदेखि सुरु हुँदै छ । ७ वर्षपछि हुन लागेको यो प्रतियोगिताको उद्धाटन खेलमा पाकिस्तान र न्युजिल्यान्ड आमनेसामने हुँदै छन् ।

५० ओभरमा खेलाइने यो प्रतियोगितालाई क्रिकेट जगतमा मिनी वर्ल्डकपका रूपमा पनि हेरिन्छ । पछिल्लो संस्करणको विजेता पाकिस्तान हो । त्यसैले उपाधि रक्षा गर्नु पाकिस्तानको लक्ष्य हुनेछ ।

२९ वर्षपछि पाकिस्तानले कुनै पनि आईसीसी टुर्नामेन्टको आयोजना गर्न लागेको हो । सन् १९९६ मा पाकिस्तान एक दिवसीय विश्वकपको सहआयोजक थियो । त्यसयता पहिलोपटक आईसीसीको प्रतियोगिता पाकिस्तानमा हुँदै छ । तर, भारतका खेलहरू भने पाकिस्तानमा हुने छैनन् ।

पाकिस्तान, भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान सहभागी प्रतियोगितामा प्रतिस्पर्धीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । समूह 'ए'मा पाकिस्तान, भारत, न्युजिल्याण्ड र बंगलादेश छन् भने समूह 'बी'मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् । हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतिक्रिया