ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुनको भाउ बढ्यो

बिहिबार ०८, फागुन २०८१ ११:५०

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा आज प्रतितोला सुनमा ५ सय र चाँदीमा १० रुपैयाँले वृद्धि भएको छ । 

बुधबार एक लाख ७० हजार ५०० मा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, बुधबार एक हजार ९ सय ८५ मा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९ सय ९५ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया