ट्रेन्डिङ

२४ घण्टाका ट्रेन्डिङ अपडेट

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुलाको दुहुँ गाउँपालिको भान्सामा आगलागी, सात लाखको क्षति

मङ्गलबार ११, मङि्सर २०८१ १२:३५

दार्चुला । दार्चुलामा ग्याँस चुहावट भएर आगलागी भएको छ । जिल्लाको दुहुँ गाउँपालिका–२ मन्तड बस्ने चक्रदत्त जोशीको घरमा सोही गाउँपालिकाले भाडामा लिएको भान्सामा आगलागी भएको हो ।

गाउँपालिकाका कर्मचारीहले प्रयोग गर्दै आइरहेको भान्सामा खाना पकाउने क्रममा ग्याँस चुहावट भएर सोमबार आगलागी भएको हो ।

आगलागी हुँदा भान्सा कोठामा रहेका खाद्यान्न, भाडाकुँडा, लत्ताकपडा, काठको दराज, टेबुल, ग्याँस सिलिण्डर, ग्याँस चुलोलगायतका सामान गरी सात लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । 

प्रतिक्रिया