ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एनएसएलको अक्सनपछि यस्तो बन्यो धनगढी एफसी

शनिबार १०, फागुन २०८१ ०५:४८

धनगढी । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि मिनी अक्सन सम्पन्न भएको छ । शनिबार क्याटेगोरी ए र क्याटोगोरी बी का गरी कूल ६० खेलाडीको लागि अक्सन भएको थियो ।

जसबाट अक्सनमा ३९ खेलाडी सोल्ड भए भने पाँच खेलाडी विसलिस्टबाट टिमले लिए । १६ खेलाडी भने अनसोल्ड रहे । 

क्याटेगोरी सी का लागि खेलाडीहरुको ड्राप्ट अर्को साता हुनेछ । नेपाल सुपर लिगको टोली धनगढी एफसीले पनि अक्सनबाट पाँच खेलाडी किनेको छ भने एक खेलाडीलाई विसलिस्ट लिएको छ । 

क्याटेगोरी एमा रहेका  पासाङ लामा र विवेक पौडेल तथा क्याटेगोरी बीमा रहेका जर्ज प्रिन्स कार्की, प्रशान्त लक्षम र अशोक खवासलाई धनगढी एपसीले खरिद गरेको हो । जियारथ शेखलाई भने विसलिस्टबाट लिएको छ । 

धनगढी एफसीका मार्की प्लेअर कृतिश रत्न छुन्जु हुन् । उसले देवेन्द्र तामाङ, रनदिप पौडेल र रामचन्द्र वाजीलाई रिटेन गरेको थियो । 
 

प्रतिक्रिया