धनगढी । अछाम घर भएकी बालिका आफन्तबाटै बलात्कृत भएकी छन् । भारतको गुजरातस्थित सुरतमा रोजगारी गर्न गएका बुवाआमासँगै रहेकी अछामकी १२ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।
झन्डै ४५ वर्षीय पुरुषलाई उनीमाथि बालत्कार गरेको आरोप लागेको छ । ती पुरुष बालिकाका आफन्त हुन् । भारतमै एक नेपाली पुरुषले बालिकालाई बलात्कार गरेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
बालिकामाथि करिब सात महिना पहिले बलात्कार भएको बताइएको छ । अहिले बालिकाको गर्भमा करिब ३३ हप्ताभन्दा बढीको बच्चा रहेको छ ।
आरोपित पुरुषको खोजी गर्न प्रहरीले पहल सुरु गरेको छ । नेपालभन्दा बाहिरको घटना भएको हुँदा र आरोपित पनि त्यही रहेको हुँदा उनलाई पक्राउ गर्न भारतीय प्रहरीसँग पनि अछाम प्रहरीले सहकार्य गरिरहेको छ ।
प्रतिक्रिया