धनगढी । सुदूरपश्चिम प्रदेश कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भइरहेको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
प्रतियोगिताको पाचौं दिन भएको पहिलो सेमिफाइनलमा जित हात पार्दै सुदूरपश्चिम प्रदेश फाइनलमा पुगेको हो । पहिलो सेमिफाइनलमा कर्णाली प्रदेशलाई १–० ले हराउँदै सुदूरपश्चिम उपाधि नजिक पुगेको हो ।
सुदोइरपश्चिमलाई फाइनल पुगाउन श्याम विनाडीले निर्णायक गोल गरे । उनले खेलको ४५औं मिनेटमा गोल गरेका हुन् ।
भोलि दोस्रो सेमिफाइनलमा लुम्बीनी प्रदेशको राइजिङ स्टार क्लबले बागमति प्रदेशको लक्की स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल फागुन १४ गते महाशिवरात्रीका दिन हुनेछ ।
गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा भइरहेको प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख ५० हजार नगदसहित ट्रफी मेडल पाउनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट गोलरक्षकले १५ हजार, उत्कृष्ट रक्षकले १५ हजार, उत्कृष्ट फरवार्डले १५ हजार, सर्वाधिक गोलकर्ताले १५ हजार, उदयमान खेलाडीले १५ हजार, फेयर प्ले टिमले १५ हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतिक्रिया