ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

लुम्बिनीले जित्यो गौरीगंगा फुटबलको उपाधि

बिहिबार १५, फागुन २०८१ १०:३६

धनगढी । कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा भएको जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि लुम्बिनी प्रदेशले जितेको छ । गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा भएको प्रतियोगिताको उपाधि लुम्बीनीले जितेको हो । 

बुधबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई टाइब्रेकरमा हराउँदै लुम्बिनी प्रदेशको प्रतिनिधित्व गरेको राइजिङ स्टार क्लब च्याम्पियन भएको हो । विजेता भएसँगै क्लबले पाँच लाख नगदसहित ट्रफी पाएको छ । उपविजेता भएको सुदूरपश्चिम प्रदेशले दुई लाख ५० हजार नगदसहित ट्रफीमा चित्त बुझाएको छ ।
फाइनलमा दुबै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि भएको टाइब्रेकरमा लुम्बिनीले सुदूरपश्चिमलाई ५–३ गोल अन्तर हराएको हो । 

प्रतिक्रिया