काठमाडाैं । प्रतिकूल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् ।
मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडाैं–पोखरा, काठमाडाैं–भरतपुर, काठमाडाैं–नेपालगञ्ज, काठमाडाैं–राजविराज, काठमाडाैं, विराटनगर, काठमाडाैं–जनकपुर, काठमाडाैं–भद्रपुर, काठमाडाैं–भैरहवा लगायतका केही उडान रद्द भएको कार्यालयले जनाएको छ ।
साथै अधिकांश उडान डिले भएका छन् । कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौंका लागि आएका कतार एयरवेजका क्यूआर ६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ ।
प्रतिक्रिया