ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दार्चुला–गोकुलेश्वर सडक सञ्चालनमा

शनिबार १७, फागुन २०८१ ०२:३२

दार्चुला । हिउँदे वर्षाले अवरुद्ध दार्चुला–गोकुलेश्वर सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ । पहिरोले शुक्रबार बिहानैदेखि अवरुद्ध सडकमा पहिरो पन्छाएपछि शनिबार बिहानबाट सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  

महाकाली नगरपालिका–५ किम्तडीस्थित ठण्याकाठा भीरमा लेदोसहितको पहिरो खस्दा सडक एक महिनापछि पुनः अवरुद्ध हुन पुगेको थियो । सडक अवरुद्धका कारण रोकिएका यात्रु तथा सवारीसाधन बिहानैबाट गन्तव्यतर्फ लागेका छन् ।

एक महिना अगाडि उक्त क्षेत्रमा सडक चौडा पार्ने क्रममा सुक्खा पहिरोले एक सातासम्म सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो । 

प्रतिक्रिया