ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीको १ नम्बर वडाले दियो एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्डलाई साथ

शुक्रबार २३, फागुन २०८१ ०२:१२

धनगढी । चैत ७ गते हुने ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८१’ लाई धनगढी उपमहानगरपालिका वडा नम्बर १ ले साथ दिएको छ । उक्त वडाले अवार्डलाई प्रबद्र्धकका रुपमा साथ दिएको हो । प्रबद्र्धक सम्बन्धी सम्झौतामा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरी र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले हस्ताक्षर गरे ।

सम्झौतापछि वडाध्यक्ष मुडभरीले खेलकुद पत्रकार मञ्चले राष्ट्रका गहनाका रुपमा रहेका खेलाडीको सम्मान कार्यक्रम राखेर सराहनीयक काम गरिरहेको बताए । उनले अवार्डसंग जोडिन पाउँदा खुसी लागेको बताउँदै सफलताको शुभकामना दिए । 

यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रबद्र्धकका रुपमा साथ दिन सम्झौता गरिसकेको छ । यस्तै अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) रहेको छ । धनगढीमा हुने अवार्डलाई चैतन्य पाठशालाले पनि सहप्रायोजकका रुपमा साथ दिएको छ । 

छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने आयोजक खेलकुद पत्रकार मञ्चका कोषाध्यक्ष नवराज पनेरुले जानकारी दिए । उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिने छ ।
 
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पनेरुले जानकारी दिए । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।
 

प्रतिक्रिया