धनगढी । कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोज अग्रवालले व्यवसायीहरु आर्थिक क्षेत्रमा केही सुधार हुन्छ भन्ने अपेक्षामा रहेको बताएका छन् । अग्रलेख मल्टिमिडियाको संवादमा बोल्दै उनले व्यवसायीले उद्योग, व्यवसायको क्षेत्रमा लगानी गरेअनुसार प्रतिफल पाउन नसकेको बताए ।
‘व्यवसायी लगानी गर्न डराएका छैनन् तर लगानीको सुरक्षा कसरी गर्ने भन्ने महत्वपूर्ण हो’ उनले भने, ‘लगानीको सुरक्षाको वातावरण सरकारले बनाइ दिनु पर्छ ।’ बैंकको ब्याजदर घटेकोले अहिले लगानी गर्ने बेला भए पनि सुरक्षाका कारण लगानी हुन नसकेको उनले बताए ।
प्रतिक्रिया