लम्की । कैलालीमा एसईईको अंग्रेजी विषयको प्रश्नपत्रसहित एक जनालाई पक्राउ गरिएका छ । पक्राउ पर्नेमा सरस्वती मावि कौवापुरका शिक्षक दीपक धमाला रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई राष्ट्रिय मावि मोतिनगर परीक्षा केन्द्र नजिकैबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले परीक्षा केन्द्रबाट करिव दुई सय मिटर टाढाबाट इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेको हो ।
‘उनी प्रश्नपत्र हल गरेर बसिरहेको अवस्थामा पक्राउ परेका हुन्,’ प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले भने, ‘उनले कसैलाई चिट चोराएको भने होइन ।’ प्रहरीका अनुसार उनको मोबाइलमा रहेको म्यासेन्जरमा अछामबाट महेन्द्र धमालाले प्रश्नपत्र पठाउको पाइएको छ । प्रहरीले उनको म्यासेन्जरमा ९ बजेर ३५ मिनेटमा प्रश्नपत्र आएको जानकारी दिएको छ ।
प्रहरी निरीक्षक सिंहले घटनाका बारेमा परीक्षा समितिमा जानकारी पठाइएको बताए । प्रहरीले अर्को एक व्यक्ति आफै इलाका प्रहरी कार्यालयमा आएको बताएको छ । प्रहरीका अनुसार घटनामा उनको कुनै संलग्नता देखिएन ।
प्रतिक्रिया