धनगढी । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ धुर्तोलामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। आइतबार साँझ चितुवाको आक्रमणमा परी ८ वर्षीय विजय रावतको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार रावत घर नजिकै आँगनमा खेलिरहेको समयमा चितुवाले अचानक आक्रमण गरेको थियो । घटनास्थलमै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याइएको छ। घटना पश्चात् स्थानीयमा त्रास फैलिएको छ। प्रहरी तथा वन विभागको टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया