ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पहिलोपटक एकीकृत समाजवादीको कार्यालयमा पुगे ओली

सोमबार १८, चैत २०८१ ०२:०३

धनगढी । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर पुगेका छन् ।

एमालेबाट छुट्टिएर बनेको नेकपा एसको कार्यालयमा ओली पहिलोपटक पुगेका हुन् । 

लेखक तथा कूटनीतिज्ञ कमल कोइरालालाई श्रद्धाञ्जली दिन ओली आलोकनगर पुगेका हुन् । त्यस क्रममा ओलीले नेकपा एसको कार्यालय पनि अवलोकन गरेको ओलीको निजी सचिवालयले जनाएको छ ।

शुक्रबार राजावादी प्रदर्शनकारीले नेकपा एसको कार्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका थिए । 

प्रतिक्रिया