ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरका सिडिओ फेरिए

शुक्रबार २२, चैत २०८१ ०१:४८

कञ्चनपुर । गृह मन्त्रालयले कञ्चनपुरसहित पाँच जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृह मन्त्रालयले शुक्रबार विभिन्न जिल्ला प्रशासन कार्यालय र मन्त्रालयमा कार्यरत पाँच प्रमुख जिल्ला अधिकारीसहित १० सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई गृह मन्त्रालयमा तानिएको छ भने गृह मन्त्रालयमा कार्यरत सहसचिव लक्ष्मण ढकाललाई कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । त्यस्तै, स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई पनि गृह तान्दै मन्त्रालयका सहसचिव इश्वरीप्रसाद अर्याललाई स्याङ्जाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

यसैगरी, अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याललाई गृह मन्त्रालयमा तानिएको छ भने गृह मन्त्रालयका वेद प्रसाद खरेललाई अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । लमजुङका प्रमुख जिल्ला अधिकारी बुद्ध बहादुर गुरुङलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने गृह मन्त्रालयबाट सहसचिव माधव प्रसाद पोखरेललाई लमजुङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

त्यस्तै, प्युठानका प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ भने मन्त्रालयका सहसचिव दिपकराज नेपाललाई प्युठानको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया