ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बाजुरामा एक पुरुष मृत भेटिए, घटना शंकास्पद

शनिबार २३, चैत २०८१ ०२:३९

धनगढी । बाजुराको बडीमालिका नगरपालिका–९ बाउली खोलामा एक पुरुगा मृत फेला परेका छन् । तीन दिनदेखि सम्पर्कविहीन रहेका बडीमालिका– ९ चौराटा ४२ वर्षीय सूर्य बिष्टको शव बाउली खोलामा फेला परेको हो । 

फोनसमेत अफ गरेर सम्पर्कविहीन बनेका बिष्ट जुत्ता र मोबाइल फेला पारेको एक दिनपछि मृत भेटिएका हुन् । मोबाइल र जुत्ता भेटिएको ठाउँको नजिकै उनको शव पनि भेटिएको प्रहरीले जनाएको छ । 

मृतक बिष्टको शव पोष्टमार्टमका लागि बाजुरा जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

आफन्तले हत्याको आशंका गरेका छन् । राति मदिरा सेवन गर्ने समूहबीचमै झगडा भएर हत्या गरेको आशंका आफन्तले गरेका छन् । 

प्रतिक्रिया