ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

टीकापुरमा घर जल्दा साढे दुई लाखको क्षति

आइतबार २४, चैत २०८१ ०४:५७

कैलाली । चुल्होमा बालेको आगो सल्किँदा कैलालीमा एक घर जलेको छ । टीकापुर नगरपालिका–६ पानीमूलका ६० वर्षीय महा लुहारको घरमा आगलागी भएको हो।

प्रहरीका अनुसार काठले बनेको २ कोठे कच्ची घरको भान्सामा बालेको आगो सल्किएर अनियन्त्रित हुँदा आगलागी भएको थियो । आगलागीबाट करिब दुई लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।


आगलागीले लोहार परिवारको घरमा रहेको खाद्यान्न, लत्ता कपडा र मालसामान जलेर नष्ट भएको छ ।

प्रतिक्रिया