ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

रवि लामिछाने आज जेल चलान हुँदै

सोमबार २५, चैत २०८१ ११:०७

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज जेल चलान हुने भएका छन् ।

शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा राख्न आदेश गरेपछि प्रहरीले शुक्रबार राति पक्राउ गरेको हो ।

शनिबार बिहान त्रिभुवन विमानस्थलबाट भैरहवा लगेपछि उनलाई  जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

रुपन्देहीका एसपी रंजितसिंह राठौरले आज जिल्ला अदालतमा पेश गरेपछि कारागार पठाइने जानकारी दिए । शनिबार र आइतबार बिदा परेकाले उनलाई आज अदालतमा पेश गर्न लागिएको हो ।

प्रतिक्रिया