धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–२ कालिका टोलबाट प्रहरीले ५ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान समूह र त्रिनगर प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले करिब २३ वर्षीय करन महरालाई शंका लागेर जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागुऔषध फेला पारेको हो ।
पक्राउ परेका महरालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया