ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीकी १३ वर्षीया बालिका आफन्तबाटै बलात्कृत

सोमबार २५, चैत २०८१ ०३:३९

धनगढी । कैलालीमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका– २ कृष्णनगरका २४ वर्षीय युवकलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बलात्कार गरेको अभियोग लागेका युवक पीडित बालिकाका काका नाता पर्छन् ।

बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरी टोलीले युवकलाई पक्राउ गरेको प्रहरी निरीक्षक जोशीले बताए । 

जोशीका अनुसार घटना १७ चैतको भए पनि ढिलो गरी प्रहरीमा उजुरी परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको इन्सपेक्टर जोशीले बताए ।

प्रतिक्रिया