डोटी । डोटीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीकेदार गाउँपालिका–३ देउथानमा मिनी ट्रक दुर्घटना हुँदा मिनी ट्रकमा सवार बडीकेदार गाउँपालिका–३ देवलका २७ वर्षीय सन्तोष गुरुङको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार सोही ट्रकमा सवार जनजागरण सामुदायिक वनका अध्यक्ष लोकबहादुर पल्लीमगर घाइते भएका छन् । घाइतेको मूलीचौर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काठ बोकेको बा.प्र. ०३००१ ख २५३ नम्बरको मिनी ट्रक दुर्घटना अनियन्त्रित भएर सडक किनारामा पल्टिँएको थियो । गुरुङको ट्रकमा रहेको काठले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
फरार रहेका ट्रक चालक गोपाल बडेलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया