धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसंग एकतापछि तेस्रो वरीयतामा बस्न अस्वीकार गरेकी छिन् । उनले जनमतका अध्यक्ष सीके राउत बराबरकै वरीयता मागेकी हुन् ।
दुई अध्यक्षात्मक प्रणाली नभए एकता सम्भव नहुने उनको टिप्पणी छ । उनले रेशम चौधरीमाथि कानुनी प्रश्न पनि उठाएकी छिन् । रेशमलाई संरक्षक बनाउने कुरामा कुनै आपत्ति नरहेको उल्लेख गर्दै उनले निर्वाचन आयोगले मान्यता नदिए त्यो वैधानिक नहुने बताएकी हुन् ।
यस्तै, अध्यक्ष श्रेष्ठले एउटा प्रतिकात्मक फेसबूक स्टाटस लेखेकी छन् । ‘रुखजस्तै बन्छु के भनेकी थिएँ, साथीभाइहरू बन्चरोमा धार लगाउन थालेछन्,’ उनले भनेकी छिन् ।
पार्टीका संरक्षकसमेत रहेका पति रेशम चौधरीसँगको तस्बिर राख्दै उनले काटेको रुख काट्नेहरुकै टाउकोमा पनि पर्नसक्ने बताएकी छिन् ।
प्रतिक्रिया