काठमाडौं । हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी सुरुवात गरेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले कतारलाई निर्धारित २० ओभरमा १५१ रनमा रोकेको थियो । त्यसक्रममा कतारले ५ विकेट गुमाएको थियो ।
१५२ रनको विजयी लक्ष्य पछ्यउँदै ब्याटिङमा उत्रिएको नेपालले १७ ओभरमा २ विकेट गुमाउँदै १५४ रन बनाएर लक्ष्य पूरा गरी ८ विकेटको जित निकालेको हो ।
नेपालका लागि कुशल भुर्तेलले १९ बलको सामना गर्दै ३८ रन जोडे भने आशिफ शेखले २१ बलमा ३३ रन बनाए । कप्तान रोहित पौडेल २९ बल खेलेर ३७ रनमा नटआउट रहँदा ३३ बल खेलेका बसिर अहमद ३० रनमा नटआउट रहे ।
प्रतिक्रिया