ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा चट्याङ लागेर दुई जनाको मृत्यु, सात घाइते

बिहिबार २८, चैत २०८१ ०८:००

धनगढी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ । अन्य सात जना घाइते भएका छन् । बुधबार राति जिल्लाको सायल गाउँपालिका-६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ परेको थियो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार नागरीकी ३३ वर्षीया श्रीमती कमला नागरीको मृत्यु भएको हो ।

यस्तै लहरी नागरीकी १० वर्षकी छोरी तारा नागरी, ८ वर्षका छोरा अविशेक नागरी, ६ वर्षीय अबि नागरी, ३ महिनाका शंकर नागरी, ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुशी नागरी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउन लागिएको एसपी शर्माले बताए ।

उता बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधबार साँझ वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।

यस्तै केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बुधबार साँझको पानीपछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । सडक अवरुद्ध भएसँगै सञ्चालनका लागि जेसिबी पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताए ।

प्रतिक्रिया