धनगढी । सुदूरपश्चिमका १६ वटै निर्वाचनको प्रत्यक्षतर्फ मतगणना सम्पन्न भइसकेको छ । १० क्षेत्रमा रास्वपा, तीनमा कांग्रेस र तीनमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
प्रत्यक्षतर्फ मतगणना सम्पन्न भएसंगै अहिले समानुपातिकको मतगणना भइरहेको छ । प्रदेशभर झण्डै नौ लाख मत खसकेकोमा अहिलेसम्म छ लाखभन्दा बढी गणना भइसकेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार सुदूरपश्चिममा सबैभन्दा बढी रास्वपाले समानुपातिक मत पाएको छ । उसले दुई लाख ३४ हजार ७९९ मत पाएको छ । यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसले एक लाख २६ हजार ७५२ मत पाएको छ ।
एमालेले ९८ हजार ८१९, नेपाली कम्युनिस्ट पार्टीले ७४ हजार ८७३, राप्रपाले २७ हजार ३३७, नागरिक उन्मुत्तिः पार्टी नेपालले १८ हजार २७३ र श्रम संस्कृति पार्टीले चार हजार २४३ मत पाएका छन् । अन्य दलको मत तीन हजारभन्दा कम छ ।
प्रतिक्रिया