धनगढी । प्रतिनिधि सभा सदस्यको सामानुपातिक निर्वाचनको कैलाली क्षेत्र नं. ५ को अन्तिम नतिजा सार्वजनिक भएको छ ।
सोमबार सम्पन्न समानुपातिक निर्वाचनको परिणाम अनुसार उक्त क्षेत्रमा सबै भन्दा बढि राष्ट्रिय स्वतन्त्र पार्टीले ३२ हजारु ९५३ मत पाएको छ भने १० हजार ३७३ मत सहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ । नेपाली कम्प्युनिष्ट पार्टीले पाँच हजार ८८६ मत र नेकपा एमालेले पाँच हजार ८४४ मत पाएको छ ।
कैलाली क्षेत्र नं. ५ मा सबै भन्दा थोरै तीन मत पाउनेमा त्रिमुल नेपाल, जनप्रीय पार्टी रहेको छ । स्वाभिमान पार्टीले मत नै पाएको छैन ।
प्रतिक्रिया