ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

स्ववियु निर्वाचन : टीकापुरमा सुरु भएन मतगणना

बिहिबार २८, चैत २०८१ ०९:५८

टीकापुर । कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) नेतृत्व चयनका लागि मतदान सम्पन्न भए पनि मतगणना सुरु हुन सकेको छैन । बुधबार बेलुका साढे ७ बजेबाट हुने भनिएको मतगणना अझै सुरु हुन नसकेको हो । 

वर्तमान स्ववियु सभापति नृपजंग थापालाई मतगणना स्थलमा जान दिने वा नदिने बारेमा दुई पक्षबीच विवाद हुँदा मतगणना सुरु नभएको हो । 

सभापति थापालाई संयुक्त प्यानल पक्षले बाहिर पठाउन निर्वाचन समितिलाई दबाब दिएको थियो । थापालाई बाहिर पठाउन भनेपछि नेविसंघले मतगणना स्थलबाट आफ्ना प्रतिनिधि फिर्ता पठाएको थियो । दुई पक्षको विवादले मतगणना सुरु हुन नसकेको निर्वाचन समिति संयोजक आत्माराम अधिकारीले जानकारी दिए । 

बुधबार भएको स्ववियु निर्वाचनमा एक हजार २५४ मत खसेको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ एक्लै र पाँच विद्यार्थी संगठनको संयुक्त प्यानलले भाग लिएका छन् । 

संयुक्त प्यानलको नेतृत्व अनेरास्ववियुका गोविन्दप्रसाद भण्डारीले गरेका छन् भने नेविसंघले सभापतिमा किरण साउँदलाई उम्मेदवार बनाएको छ । 

प्रतिक्रिया