ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दुर्गा प्रसाईंलाई काठमाडौं पुर्‍याइयो

शुक्रबार २९, चैत २०८१ ०१:४९

धनगढी । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंलाई काठमाडौं पुर्‍याइएको छ । शुक्रबार झापाको चन्द्रगढी विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत  प्रसाईंलाई  काठमाडौं पुगाइएको हो । 

प्रसाईंलाई शुक्रबार नै म्याद थप गर्ने तयारी प्रहरीले गरेको छ । त्यसका लागि प्रहरीले कागजात तयार पारिसकेको छ । प्रहरीका अनुसार प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा पनि मुद्दा चलाइने छ । 

तिनकुने घटनालगत्तै फरार भएका प्रसाईं भागेर भारतको आसाम पुगेका थिए । आसाम प्रहरीको सहयोगमा नेपाल प्रहरीको विशेष ब्युरोले प्रसाईंलाई नियन्त्रणमा लिएको हो । 

प्रतिक्रिया