कैलाली । कैलालीको अत्तरियामा मृत फेला परेक पुरुषको सनाखत भएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीको अगाडि दुर्गा मन्दिर परिसरमा बुधबार मृत फेला परेका पुरुषको सनाखत भएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाका अनुसार शव डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर– ७ स्थित पोखराका ३५ वर्षीय जगदीश कैनीको भएको पत्ता लागेको हो ।
जगदीशका दाजु राम कैनीले शवको सनाखत गरेका हुन् । अब पाष्टमार्टमको प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ । प्रहरी अधिकारीका अनुसार कैनीको हत्या भएको अशंकामा अनुसन्धान अगाडि बढाइएको हो ।
प्रतिक्रिया