ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

आजदेखि वर्ष २०८२ प्रारम्भ, सुदूरपश्चिममा बिसुको रौनक

सोमबार ०१, बैशाख २०८२ ०९:३०

धनगढी । आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो ।

यस्तै, सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रुपमा रहेको बिसु पर्व सिस्नु खेलेर मनाइँदैछ । 

नयाँ वर्षको पहिलो दिन वैशाख १ गतेलाई सुदूरपश्चिमबासीले बिसु पर्वका रुपमा मनाउने गर्दछन् ।

बिसु पर्व मनाउनका लागि घर बाहिर रहेकाहरु फर्कने गर्दछन् ।

प्रतिक्रिया