ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा एमालेका स्नेहीसहित १० उम्मेदवारको जमानत जफत

आइतबार २४, फागुन २०८२ ०१:१२

धनगढी । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डडेल्धुरामा नेकपा एमालेका उम्मेदवार चक्रप्रसाद स्नेहीसहित १० जना उम्मेदवारको जमानत जफत भएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम ति उम्मेदवारहरुको धरौटी जफात भएको हो । उक्त ऐनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली अन्तरगतको कुनै निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफात हुने व्यवस्था छ ।

डडेल्धुरामा कुल ४३ हजार ६७ मत सदर हुँदा धरौटी जोगाउन चार हजार ३०७ मत प्राप्त गर्नुपर्ने थियो । एमालेका स्नेहीले भने दुई हजार ९२६ मत मात्रै पाए । 

यो क्षेत्रमा रास्वपाका तारा जोशी विजयी हुँदा कांग्रेसका नैनसिंह महर र नेकपाका मानसिंह मालले मात्रै जमानत जोगाएका छन् । 

प्रतिक्रिया