ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुराकाे परशुराम नगरपालिकामा कक्षा ११ नि:शुल्क

मङ्गलबार ०२, बैशाख २०८२ ०८:२७

धनगढी । डडेल्धुराको परशुराम नगरपालिकाले आफ्ना पालिकाका विद्यार्थीलाई कक्षा ११ निशुल्क पढाउने भएको छ । नगर प्रमुख भरत जोशीले मंगलबार सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश जारी गर्दै सो जानकारी दिएका हुन् ।

उनले भने, `अब परशुराम नगरपालिका भित्रका कक्षा ११ का सबै विद्यार्थीहरूका लागि पढाइ निःशुल्क हुनेछ। शुल्क नगरपालिकाले व्यहोर्नेछ ।´

जोशीले आगामी आर्थिक वर्षदेखि कक्षा १२ पनि निःशुल्क बनाउने तयारी भइरहेको जानकारी दिए ।

६३ सामुदायिक र १३ संस्थागत विद्यालय रहेकाे परशुराममा १७ वटा माध्यमिक विद्यालय रहेका छन् ।

प्रतिक्रिया