काठमाडौं । इजरायलले युद्धविरामको बदलामा हतियार त्याग्न गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ ।
इजरायलले आफूले गाजा क्षेत्रमा ६ हप्ता युद्धविराम गर्ने र त्यसको बदलामा हमासले हतियार त्याग्नुपर्ने प्रस्ताव राखेको थियो ।
तर एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले हमासले युद्धविरामका लागि राखेको उक्त प्रस्ताव हमासले अस्वीकार गरेको जानकारी दिएको बीबीसीले जनाएको छ ।
हमासका अनुसार इजरायलले युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नजनाएकाले उक्त प्रस्ताव अस्वीकार गरिएको हो ।
प्रतिक्रिया