ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीका पूर्ववडाध्यक्षको सुसाइड नोटः दाइ राजनीतिमा नलाग्नु, यो लाइन ठीक छैन

शुक्रबार ०५, बैशाख २०८२ ०१:२५

कैलाली । कैलालीमा बिहीबार जङ्गलमा सिकिस्त भेटिएका पूर्ववडाध्यक्षको मृत्यु भयो । घोडाघोडी नगरपालिका–९ का पूर्ववडाध्यक्ष कृष्णबहादुर शाहको अस्पतालमा मृत्यु भएको थियो । 

शाह बिहीबार दिउँसो करिब १ बजे सिमली खोलानजिक गम्भीर अवस्थामा फेला परेका थिए । प्रहरीका अनुसार शाहसँगै सल्फास विषादीको खाली डब्बा र एउटा डायरी फेला परेको थियो । 

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले शाहको साथमा सुसाइड नोट भेटिएको बताए । उक्त सुसाइड नोटबारे अनुसन्धान अघि बढाएको उनले बताए । 

उक्त नोटमा उनले परिवारका सदस्यहरूलाई सम्बोधन गर्दै आफ्ना भावनाहरू व्यक्त गरेका छन् । साथै, राजनीतिप्रति गहिरो निराशा व्यक्त गरेका छन् । 

सुसाइड नोटमा लेखिएको छ, ‘म आजको मितिबाट यो संसारमा रहन्नँ । सबैको बोझ भएँ । यो बोझमा रहन चाहन्न । सत्य सत्य रामराम । सबै मिलेर बस्नु । झैझगडा नगर्नू ।’

साथै, आफ्ना दाईलाई पनि उनले राजनीतिमा नलाग्न भनेका छन् ।  ‘दाइ, तपाईं राजनीतिमा नआउनु । यो लाइन ठीक छैन । आफ्नै व्यापार गरेर खानु ।’

शाह ०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी नेकपा एमाले घोडाघोडी नगर कमिटीका उपाध्यक्ष थिए ।

प्रतिक्रिया